नेपाली याेङ्मुदाे खेलाडी टोलि कोरियामा

नेपाली याेङ्मुदाे खेलाडी टोलि कोरियामा:

प्रेम श्रेष्ठ
दक्षिण कोरिया,
कोरियाको जिन्छन शहरमा हुन गइरहेको पहिलो विश्व युथ मार्सल आर्टस् मास्टर्शिप प्रतियोगितामा भाग लिन ६७ जना नेपाली योङ्गमुदो खेलाडीहरु, प्रशिक्षक र एशोसियसन पदाधिकारीहरु कोरियामा आइपुगेको छ।

नाेभेम्वर ६ तारिक दक्षिण काेरियाको जिन्छन स्थित याेङ्गजिङ युनिभर्सिटीमा उद्घाटन हुनुका साथै खेल प्रतियोगिता सुरु पनि हुने भएको छ।

नेपाल याेङ्गमुदाे एशाेसियसन टाेलीद्वारा काेरियामा हुन लागेकाे याेङ्गमुदाे खेल प्रतिस्पर्धामा भाग लिन १९ वर्ष मुनिका ४१ जना विद्यार्थीहरुलाई सहभागी जनाएको याेङ्गमुदो पदाधिकारी सत्य नारायण श्रेष्ठले जानकारी दिनु भयो।

वर्ष र ताैलकाे अाधारमा महिलाहरुकाे ५ वटा इभेन्टमा ८ जना र पुरुषहरुकाे ६ वटा इभेन्ट ३३ जना गरि जम्मा ११ वटा इभेन्टमा ४१ जनाले भाग लिने भएको छ।
नेपालको तर्फबाट पहिलो सहभागीता भएकोले खेलाडीहरुले यस प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्ने र मेडल जित्नेमा बिश्वष्ट रहेको नेपाल योङ्गमुदो एशोसिएसनका अध्यक्ष मोहन बहादुर कार्कीले बताउनु भयो।
कोरियाको योङ्गिन युनिभर्सिटीबाट सुरु भएको यस खेल गत बर्षबाट नेपालमा पनि बिस्तार भएको हो।यस खेललाइ बिकास र गर्नको निम्ति कोरियाका प्रशिक्षकहरु नेपालमा समेत गएर प्रशिक्षण दिइरहेको छ।
अन्य विभिन्न देशहरुमा पनि यस खेलको बिकास र बिस्तार हुने क्रम जारी रहेको छ।
हाल ३४ वटा देशमा बिस्तार भएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *