छुसकमा नयाँ शक्ति कोरियाले शुभकामना आदानप्रदान,चियापान एबम् बृहत् भेला गर्ने

आर्थिक बिकास नै निकासको एकमात्र विकल्प रहेको निश्कर्शमा पुगि हाम्रै जिवनकालमा समृद्धि सम्भब छ भन्ने बिश्वाससाथ आफ्नो यात्रा अगाडि बढाएको नयाँ शक्ति पार्टी नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले आगामी छुसकको अवसर पारेर “दशै, तिहार, नयाँ नेपाल सम्बत, छट पर्वको अवसरमा शुभकामना आदानप्रदान, चियापान तथा बृहत भेला” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बिकासको लागि अपरिहार्य राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यबस्था हुनुपर्ने आफ्नो मुल एजेन्डा बनाएको पार्टीले बिदेशमा रहेका नेपाली नागरिकहरुले पनि मताधिकार पाउनुपर्ने आवाज उठाइरहेको छ ।

भ्रस्टाचारले जरा गाढेको राज्यको हरेक क्षेत्रलाई भ्रस्टाचारमुक्त बनाउने र सम्पुर्ण जिम्मेवार पदाधिकारीहरु, कर्मचारीहरु लगायतलाइ राज्यप्रती पुर्ण उत्तरदायि एबम् बफादार बनाउने उद्देश्य पनि उक्त पार्टीको रहेको छ । गरिबी र बेरोजगारीको अन्त्य, सम्पुर्ण नेपाली नागरिकहरुलाइ आधारभुत आवश्यकताहरु उपलब्ध, सामाजिक सद्भाव,सुशासन, सदाचार, सहभागीतामुलक लोकतन्त्र, समुन्नत समाजबाद, सार्वभौमिकता, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध आदि नीति बोकेको पार्टी नयाँ शक्ति नेपाल पार्टी तथा यस्ता समृद्धिका एजेन्डाहरु बोकेको तथा एक दुरदर्शि, भिजनरी,बिकासप्रेमी नेता डा.बाबुराम भट्टराईको ब्यक्तित्व, बिचारहरुबाट प्रभावित कोरियाका विभिन्न क्षेत्रमा कार्यरत संगठित युवाहरुको उपस्थिति हुने उक्त कार्यक्रममा, अन्य इच्छुक नयाँ साथीहरू पनि उपस्थित हुन सक्नुहुनेछ ।

कार्यक्रम निम्न मिति र स्थानमा हुनेछ । मिति : २०१७/१०/०४ बुधबार ( छुसकको मुख्य दिन) स्थान : सउल अन्य जानकारीका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

010 9506 3207 010 8688 9209 010 9617 2355 010 5948 6470 010 6873 6898 010 4897 7675 010 2158 1673 010 7309 9615

Leave a Reply

Your email address will not be published. Required fields are marked *