देशको समृद्धि र प्रगतिको निम्ति जागाैं युवा :

देशको समृद्धि र प्रगतिको निम्ति जागाैं युवा :

बदलिरहने व्यवस्थाले नबदलिएको अवस्था देखेर हामी जस्तो देशमा भबिस्य खोज्ने युवा पुस्तामा नैरैस्यता छाएको छ।देशको अखबारहरुमा छापिने धेरै जसो समाचारहरु पढिरहादा युद्वकालिन समय भन्दा अझ भयानक देखिन्छ।
हिड्दै गरेको बालक नालिमा खस्छ।उपचार गर्ने नसकेर आमा हस्पिटलको झ्यालबाट हामफल्छिन।झाडापखाला लागेर अझै पनि बस्ति नै सकिन्छ।आज सम्म पनि पैतालाले चप्पल लगाउन नपाएकोहरुको वेदना खै कस्ले सुन्ने।बाटो बिजुली खानेपानी जस्ता अतिआवश्यक बस्तु त राजधानीमा त्यो हालत छ मोफसलको कुरा नगरौं।

भ्रष्टाचारि हरुले फेरि पनि भ्रष्टाचार गर्नु पाउनु पर्छ भन्ने बिषय सम्म पनि बहस चल्छ।देशको कानुन आफू अनुकुल वाकलत नगरे पद बाटै बर्खास्त पारिन्छ।बिकृती र बिसङ्गितीले समाजलाई उठ्न नसक्ने अवस्थामा पुर्याइ सक्यो।भ्रष्ट दलाली माफियाहरु समाजको प्रतिष्ठित पात्र बनि खादा र माला लाउन भ्याइनभ्याई छ।

दैनिक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट ठेलामठेल गर्दै परदेशिनेको संख्या उस्तै छ।दैनिक पन्ध्र सयको हाराहारीमा युवा बुवाको ओखतिको खोजमा बहिनीको सिन्दुर रङाउन आमालाई सानो हाँसो दिलाउन कतारको घाम भन्दैन कोरियाको हिउँ खोस्र्दै अहोरात्र खटिएको छ।यि यावत बिषय किन
सरकार गम्भीरताको साथ लिदैन।

कता जादैछ हाम्रो समाज ?के पटकपटकको क्रान्तिहरु ले जन्माएको परिवर्तन यहि हो?हामि कस्तो सम्रचना निमार्ण गर्दैछौ?

साच्चै नि हाम्रो पुस्ताले चिन्ता भन्दा धेरै चिन्तन गर्नु पर्ने बिषय बनेको छ।आबेग भन्दा पनि विवेक प्रयोग गर्नु पर्ने देखिन्छ।हाम्रो यो अन्तिम पुस्ता हो जस्ले यो संख्यामा युवा पाएको छ।अब ठिक बीस बर्षमा हामीमा यो तन्नेरी जमात न रहन्छ न फेरि कहिले पाउने छौ।बेलायत ले एक सय पचास बर्षमा हासिल गरेको आर्थिक समृद्धि अमेरिकाले पचास बर्षमा पाउदै गर्दा।भुगोल ती दुई मुलुक छ्न जस्ले एक शताब्दीमा बेलायत अमेरिकाले ल्याएको त्यो समृद्धि मात्र बीस बर्षमा हासिल गरे।ती दुई मुलुक टाढा छैन्न।हाम्रै छिमेकी भारत र चिन हुन।त्या बाट हामिले सिक्ने कि नसिक्ने।कुनै पनि एक पुस्ताले आफुलाइ देशको निमित्त तिलानजली नदिए न मुलुक बन्छ न कोरिन्छ हाम्रो सन्ततिको उज्ज्वल भबिश्य।त्यसैले जागौ युवा जागौ।परिवर्तन हाम्रै पुस्तामा सम्भब छ।

सफल अमेरिकी पूर्वरास्ट्रपति बारक ओबामा भन्छ्न “अर्को मान्छे र अर्को समय पर्खेर परिवर्तन सम्भव छैन।हामिले पर्खिरहेको मान्छे हामी नै हौँ र खोजेको परिवर्तन पनि हामी नै हौँ ।”

साच्चै नि विराट भूगोलमा एक गौरवसालि इतिहास बोकेको पुस्ता हौ हामी।त्यही पुस्ता आज आफु इतिहास बाँची रहेको छ।हामी बाँचेको युगको इतिहास बाच्छ या बाच्दैन त्यो हामी पछिको सन्ततिले हिसाबकिताब गर्ला।
हामि बाचेको इतिहास एक स्वर्णिम अक्षरले कुदिने हो या कालो धब्बा बनेर बस्ने हो त्यो भने अहिले तपाईं म मा नै निर्भर छ।
तपाईं हाम्रो परिकल्पना समृद्ध नेपालको चहाना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *