राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२७ भाद्र २०७४ पुष्पकमल
राष्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष मेघासेसे पुरुस्कार बिजेता डा .महाबिर पुनको प्रतक्ष्य उपस्थितिमा राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ l आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका जुझारु युवाहरु द्वारा संचालित ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ‘ दक्षिण कोरिया द्वरा आयोजित उक्त कार्यक्रम तोंग्देमुन स्तिथ नेपाल हाउस मा सम्पन्न भएको थियो l कार्यक्रममा डा . पुन ले सहभागीको जिज्ञासालाई समेट्दै राष्ट्रीय आविष्कारकेन्द्रको भाबी योजना, उदेश्य तथा कार्य दिशा माथि प्रस्ट पार्नुभयो l उहॉलाइ स्वतन्त्र राष्ट्रप्रेमि अभियानका प्रमुख अभियन्ता यम श्रेष्ठ र सोनसिकका प्रमुख बिजय बस्नेतले खादा ओढाएर सम्मान तथा अभिनन्दन समेत गर्नुभएको थियो l


अभियानका आर्थिक संयोजक एल.वि. श्रेष्ठ ले कार्यक्रमको उद्देश्य बारे जानकारी गरॉउदै जिज्ञासाहरु समेत राख्नुभएको थियो l अर्का सक्रिय अभियन्ता कृष्ण पुरीले शुभकामना सन्देश दिनुभएको थियो । तेसै गरि अभियानका संयोजक अभियन्ता नेपालको राम ले उपस्थित नेपाली मनहरु सहित समग्र कोरिया बासी नेपालीहरुको तर्फबाट बधाइ तथा सफलताको शुभकामना दिनुहुदै कोरिया बाट आविष्कार केन्द्रलाइ सहयोग गर्नुहुने समग्र नेपाली मनहरु प्रति आभार प्रकट समेत गर्नु भयो l
बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी बिधार्थी लाइ सहयोग गर्ने उदेश्यका साथ डा . महाबिर पुनको संयोजकत्वमा खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार प्रकाशित भएपछी ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ‘ दक्षिण कोरिया रकम संकलन अभियानमा जुटेका थियो l करिब डेढ महिनाको अभियानबाट संकलित करिब १४ लाख रकम news २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमा गत १७ भाद्र मा हस्तान्तरण गरिएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *