कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल

कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल
रोजगारीको शिलशिलामा कोरिया आएका एक नेपाली युबक आएको ३ महिनामै गम्भीर बिरामी परेपछि बिचल्लीमा परेका छन् l कोरियाको ह्वासंङ् नाम्यङ्ग स्थित एक कम्प्युटर पार्ट रिसाइकलिंग गर्ने कम्पनिमा कार्यरत गोर्खा बुङ्कोटाका २२ बर्षीय दिपेश थापा ब्रेन ट्युमर रोगबाट ग्रसित भएपछी बिचल्लीमा परेका हुन् l
केहि दीन पहिला कम्पनीको आबस कोठामा एक्कासी बिहोस भएपछी कम्पनि मेनेजरको सहयोगमा अस्पताल पुर्याई एमआरआइ गरि हेर्दा ब्रेन ट्युमर देखिएको संगै कार्यरत नेपालीले बताएका छन् l उनको मस्तिष्कमा ८ मिलिमिटरको ट्युमर रहेको अस्पतालाको रिपोर्टमा उल्लेख छ l
अस्पतालले तत्कालै अप्रेसन गर्नु पर्ने भन्दै यहि २२ तारिख लाइ मिति तय गरेपनि आर्थिक अभाबका कारण उनि अन्योलमा परेका छन् l उपाचारको लागि एक करोड वोन भन्दा धेरै लाग्ने अस्पतालले बताएको छ l
कम्पनीले पनि आफुले कुनै सहयोग गर्न नसक्ने तथा तत्काल काम बाट निस्किनु पर्ने बताएपछि उनि झन मानसिक तनाबमा परेको हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा बताए l कम्पनीमा २ जना नेपाली रहेको र दुवैजना आएको मात्र ३ महिना पुगेकोले कम्पनीले पनि वास्ता नगरेको बताए l
यसैबीच गोर्खा परिवार दक्षिण कोरियाका अध्यक्ष्य यदु लामिछानेलाइ सम्पर्क गर्दा आफुलाई बिरामीको बारेमा जानकारी आएको र आफ्नो तर्फ देखि सक्दो सहयोगको लागि पहल गरिरहेको बताए l
नेपालमा पनि आर्थिक स्थिति राम्रो नभएको बताउने बिरामी थापाले आफ्नो उपचारको लागि सहयोग गरिदिनु हुन कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली समुदायलाइ अपिल समेत गरेका छन् l
सहयोगको लागि सम्पर्क –
किशन गौतम – ०१०५९२३२९१२
यदु लामिछाने – ०१०५९२३६९१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *