के एन आर एन मा हामी मजदुरको काम भोट मात्र हाल्ने हो र ?

के एन आर एन मा हामी मजदुरको काम भोट मात्र हाल्ने हो र ?
ः खेम कार्की आईसिसि सदस्य उम्मेदवार
“अब आफ्नो प्रतिनिधि आफैले चुन्नुपर्छ”
गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको आइसिसि प्रतिनिधिका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका वर्तमान अध्यक्ष खेम कार्कीले उमेदवारी दिएका  छन् । एनआरएन कोरियालाई मजदुर मैत्री संस्था बनाउन तथा यसलाई पारदर्शी बनाउदै यसभित्र रहेको अपारदर्शी र अनियमिततालाई चिरफार गरी एनआरएनलाई प्रवासी नेपालीको हकहितमा सर्मपित हुने संस्थाका रुपमा स्थापित गर्नको लागि पनि कार्कीले उमेद्वारी दिएका हुन् । गैर आवासिय नेपाली संघ अन्तरष्ट्रिय समन्वय समिति भनेको केन्द्रीय समिति हो । त्यसको सदस्यको रुपमा कोरियाबाट प्रतिनिधित्व गर्ने गरी आईसिसि सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका कार्की भन्छन्, कोरियामा करिब ८ वर्ष मजदुर तथा पत्रकारको रुपमा काम गर्दा विश्व भरी रहेका विभिन्न संघ संस्था नेपाली समुदायसँग सहकार्य गर्ने अवसर मिलेको थियो । उक्त नेटवर्कलाई कोरियामा रहेका नेपालीहरुको हितमा प्रयोग गर्नको लागि आईसीसी पदमा उम्मेदावारी दिन लागेको छु ।
कोरियामा रहेका ४० हजार नेपालीहरुलाई आफ्नो पनको महसुस गराउनु अर्थात् एनआरएनलाई मजदुर मैत्री संस्थाको रुपमा विकास गर्नु पनि कार्कीको अर्को लक्ष्य हो । कोरियामा रहेका कतिपय नेपाली मजदुरहरुलाई एनआरएन हाम्रो हो भन्ने भावनाबाट विमुख हुनुपर्ने अवस्था देखिन्छ । वास्तवमा यो गम्भीर विषय हो । संस्थाभित्र विभिन्न स्वार्थ, पदलोलुप्ता, कालो बजारी, राष्ट्र विरोधी कार्य, अवैध धन्धा ९हुण्डी०, मानव तस्कार गर्नेहरुकै वोलवाला किन छ त रु सर्वसाधारणलाई पहुच पुग्ने गरी किन एनआरएन बनाउन पहल भएन भन्ने प्रश्न उठेको छ । कोरियामा वहुसंख्यक मजदुर भएपनि उनीहरुलाई केन्द्रविन्दुमा राखेर संस्था चलाउनु पर्दछ । यहि विषयलाई उठाउन तथा कार्यन्वयन गर्न विशेष पहल गर्नको लागि उमेद्वारी घोषणा गरेको कार्की बताउँछन् । भन्छन्, एउटा सामाजिक संस्थाको अधिवेशन किन यति भडकिलो बन्दै छ रु संस्थामा अध्यक्ष बन्न २ करोड सम्म खर्च हुने समाचार पनि आए किन सम्बन्धित पक्ष मुकदर्शक यसमा रु हामीले स्वस्फूर्त रुपमा एनआरएनमा सदस्य बन्ने वातावरण बनाउन सक्नुपर्छ । आर्थिक चलखेलले जित हार होईन एजेन्डा र योग्यताको कदर हुनुपर्दछ । त्यसैगरी विभिन्न क्षेत्र, जाती भन्दा पनि हामी नेपाली भन्ने भावनाको विकास गराउदै विभिन्न जात जाती, भाषा, क्षेत्र र वर्गको हितमा पहल गर्न पनि आफुले उमेद्वारी दिएको अध्यक्ष कार्कीको भनाइ छ ।
लामो समय देखि कोरियाको नेपाली समाजमा क्रियाशिल कार्की छैठौँ अधिवेशनमा आईसिसी सदस्यमा उम्मेद्वारी दिदै एन आर एन मा मजदुरको प्रतिनिधित्व सुनिश्चित हुनु पर्छ भन्दे लागिरहेकका छन  । पत्रकार कार्कीेले “हाम्रोलाई होईन राम्रोलाई रोजौं हामी सबै नेपाली हौं सबैले बुझौं ” भन्ने नाराका साथ एनआरएनको चुनावी मैदानमा उत्रेका हुन् ।
एन आरएन मा मजदुरको काम भोट हाल्ने मात्र हैन जिम्मेवार पदमा पनि पुग्न सकिन्छ भन्ने कार्कीको दावी हो । उनले मजदुर मैत्रीको मात्र कुरा गरेर एन आर एन मजदुर मैत्री नहुने भन्दै यो व्यवहारमा लागू हुनु पर्ने बताए । मजदुरहरको हक हितको लागि अब मजदुरहरुनै चनाखो हुनुपर्छ , अहिले आईसिसि सदस्यमा मजदुरलाई जिताउनु एउटा अवसर हो कार्कीले भने । भन्नेबेलामा मजदुर भन्ने अनि पैसा भएकालाई मात्र छान्ने हो , आफ्नो विवेक प्रयोग नगर्ने हो भने त्यो भन्नुको पनि ओचित्य छैन । नेपाली मजदुरहरुसंग लामो समय सहकार्य गरेर बसेको हुदा पनि यो विषयमा सबै नेपालीले सोच्नुपर्छ र एउटा मजदुर उम्मेदवारलाई विश्व स्तरिय आईसिसि सदस्यमा निर्वाचित गराउनु पर्छ यसको लागि सबै संग उनले अपिल गरेका छन ।
(लेखक पत्रकार महासंघ दक्षिण कोरियाका बर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *