मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा तथा अधिवेसन सम्पन्न

मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा तथा अधिवेसन सम्पन्न

सुन्दर सुवेदि,दक्षिण कोरिया

दुइटा परोपकारि सँस्थाहरु मोक्पो चौतारी नेपाल र ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्डस् बीच एकता भइ मोक्पो साम्हो साझा चौतारी सँस्था निर्माण कार्य सम्पन्न!


दक्षिण कोरिया को मोक्पो क्षेत्र मा रहेका दुइ सामाजिक सस्था एकता भै नया सस्था स्थापना भएको छ झन्डै कोरियामा सयौ को संख्या मा रहेका सस्था हरु लाइ संदेश दिने उद्देस्य ले दुइ सस्था एकता गरि सम्पूर्ण माझ फुटेर भन्दा जुटेर नै सामाजिक कार्य गर्दा सहज र सरल हुने वताइएको छ
मोक्पो चौतारी नेपालका पुर्ब का.अध्यक्ष साथै सामाजिक अभियन्ता नारायण पौडेल का अनुसार करिब १००० जना नेपाली कामदार रहेको मोक्पो एरियामा जात धर्म राजनीति लाइ पर सारी सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनि हरु एक नेपाल आमा का सन्तान भएको कारण हामीलाई एक सस्था बाहेक आर्को सस्था आवस्यक नभएकोले एकीकरण गरि मोक्पो साम्हो साझा चौतारी निर्माण गरिएको बताउनु भयो

सस्था एकिरण र अधिवेसन कार्यक्रम लाइ ३ चरण मा संचालन गरिएको थियो जसमा पहिलो चरण मा मोक्पो चौतारी नेपाल र हुन्डाई साम्हो नेप्लिज फ्रेन्ड्स कोऔपचारिक बिघटन, दोश्रो चरण मा औपचारिक कार्यक्रम र तेश्रो चरण मा अधिवेसन को बन्द सत्र भएको थियो
सस्था बिघटन का क्रममा मोक्पो नेपाली समाज का सम्रक्षक अनिल देवकोटाले अहिले सम्म सस्था ले गरेको कार्य हरु सम्झिदा बिघटन गर्न अतिनै अफ्ठेरो भएको बताउदै फेरी पनि मेल मिलाप र भाइचाराको सम्बन्ध साथै सामाजिक कार्य गर्न सहज हुने भएको ले एकता हुन जरुरि बताउदै सस्था विघटन भएको औपचारिक घोसणा गर्नु भएको थियो !
तेसैगरि ह्युन्डाइ साम्हो नेप्लिज फ्रेन्ड्स का संरक्षक राम दत्त जोशी (नेपालको राम ) ले एकता गर्नु दक्षिण कोरिया मा कार्यरत नेपाली दाजु भाइ माझ एक सकारात्मक संदेश जाने मा आफ्नो विस्वास राख्दै यो हम्रो सकरात्मक अभियान ले अन्य संघ सस्था हरु ले पनि यसरिनै एकता गर्दै दक्षिण कोरियामा नेपाली हरु को एकमात्र सस्था हुने बताउदै सस्था बिघटन भएको घोसणा गर्नुभएको थियो !

पहिलो चरण को सँस्था बिघटन कार्यक्रम सकिए लगत्तै दोश्रो चरणको औपचारिक कार्यक्रम संचालन भएको थियो सम्मेलन आयोजक समिति का संयोजक अनिल देवकोटा को सभापतित्वमा संचालित कार्यक्रम को संयोजक भने रामदत्त जोशी ( नेपालको राम ) ले गर्नु भएको थियो कार्यक्रम मा नेपाल मा भएको दैविक प्रकोप बढी पहिरोमा परि ज्यान गुमाएका आत्मा को सान्ति को कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो
औपचारिक कार्यक्रम को स्वागत मन्तव्य पूर्व मोक्पो चौतारी नेपाल का सस्थापक साथै सम्मेलन समितिका सदस्य रोशन कुमार पौडेल ले दिनु भएको थियो भने सुभकामना मन्तव्य सम्मेलन समिति का सह संयोजक राम दत्त जोशी ले दिनु भयो साथै औपचारिक कार्यक्रम को संचालन मोक्पो एफ सी का प्रशिक्षक बिक्रम गुरुङ ले गर्नु भयको थियो
दोश्रो चरण को कार्यक्रम सकिय लगत्तै तेश्रो चरण को अधिवेसन को बन्द सत्र कार्यक्रम संचालन गरिएको थियो जसमा कुनै पनि विवादित नभै सर्व सम्मति मा कार्य समिति गठन गरियको थियो !
मोक्पो साम्हो साझा चौतारी को पहिलो अधिवेसनमा निर्वाचित हुनु भएका पदाधिकारीहरु क्रम अनुसार

अध्यक्ष :अरुण सेजवाल
ब.उपाध्यक्ष : संजय तितुंग
गोपाल खतिवडा
उपाध्यक्ष: याम्फु राइ
विनोद वस्नेत
विकाश तामांग
सुदिप पौडेल
महासचिव : सुन्दर सुवेदी
सचिव : इन्द्र श्रेष्ठ
विधान तामांग
सह सचिव : सुर्य लामा
कृष्ण शर्मा
दिपेन्द्र वि .क
कोषाध्यक्ष: रामकृष्ण खनाल
सह कोषाध्यक्ष: खेम राज भट्ट
सदस्य : विजय पोख्रेल
सुरज पाण्डे
हरि श्रेष्ठ
शेरचन राना
विजय कार्की
स्टार कार्की
समिर क्षेत्रि
जगत तामांग
सुरेश श्रेष्ठ
मणिराज तामांग
समिर सिङजाली
गणेश भट्टराई
सुरज गैह्रे
विकाश गुरुङ
हरि घिमिरे
सन्तमान घले
चन्द्र तामांग

Leave a Reply

Your email address will not be published. Required fields are marked *