डिप्रेशन (निराशापन) निराकरणका उपायहरु यस्तो छ:

डिप्रेशन (निराशापन) निराकरणको उपायहरु यस्तो छ:

 
चन्द्र प्रकाश तिमल्सिना
दक्षिण,कोरिया

वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहिलहिमा लागेर सके दुइ/तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित अाफ्नो जन्मभुमि छाडेर अर्काको देश/ परदेश कोरिया आएका छौँ। कोरिया अाउनु भन्दा पहिले नेपालमै कोरियमा हुने अफ्ट्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षक द्वारा प्रशिक्षण गरिन्छ। र केोरिया अाइसकेपछि प्रशिक्षण हुन्छ र प्रत्येक नेपाली युवाले त्यसैअनुसार माइण्ड मेकअप गर्नुपर्ने हुन्छ।
यति प्रशिक्षण गर्दागर्दै, “मर्न हैन कमाउन र केही गर्न अाउने हो कोरिया” भन्दाभन्दै पनि नेपाली हरुले किन गर्छन त दिनहुँ आत्महत्या?? वास्तवमा यो सबै “डिप्रेशन”को कमाल नैहो। र अाखिर कहाँबाट कसरी हुन्छ त डिप्रेशन? डिप्रेशन एक मनोरोग हो र अझ सामान्य भाषामा मानसिक रुपमा अस्वस्थ हुनुलाई नै डिप्रेशन भनिन्छ! जीवनमा हुने समस्याहरु मा जहिल्यै उदासि हुने,हतास हुने यसको प्रमुख लक्षण हो र जसको कारण मानिसलाई एकोहोरो हुनु,एकान्त खोज्ने,अनावश्यक कल्पनामा हराउने,अनावश्यक डराउने र वास्तवमा जिन्दगी बेकार रैछ भन्ने,र अनेक नकारात्मक कुरा सोच्ने जस्ता लक्ष्यणहरु देखापर्ने गर्दछन जसका कारण हाम्रो शरीर र मष्तिस्कमा नकारात्मक केमिकल हरु उत्पादन भै डिप्रेशन भएको व्यक्तिलाई मर्ने चाहना समुन्द्रमा अाँधि अाउँदा छाल उर्लेर अाएझैँ उर्लेर अाउने गर्दछ।
वास्तवमा जिन्दगीको कुनै न कुनै क्षणमा सबैलाई डिप्रेशन हुन्छ, मरौँ,मरौँ जस्तै लाग्छ! तरपनि हिम्मत हार्नुहुँदैन,आफ्नो लक्ष्य,उद्धेश्य र सपनाहरु लाई साकार गर्ने एउटा जोस जाँगर,अठोटका साथ निरन्तर अाफ्नो बाटोमा अगाडि बढ्नुपर्छ। डिप्रेशन बाट बच्न केही समय धैर्यधारण गर्ने क्षमता हुनुपर्छ,सबै सँग रायमत, सल्लाह लिने हरेक व्यक्तिका विचार र भावनाहरु बुझ्ने गर्नुपर्दछ। सबैभन्दा पहिला अाफुले अाफुलाई र अरुलाई प्रेम गर्न सक्नुपर्दछ। र अाफ्नो काम जतिनै गार्‍हो वा सजिलो होस त्यसमा इन्जोय लिन सक्नुपर्छ। ताकि थप इन्जोयका लागि अरु कुनै पक्ष जस्तै सोजु,मेक्जु,नोरेफाङहरु र तरुनिहरुको सहायता लिन नपरोस।

मेरो अाफ्नो विचारमा डिप्रेशन कम गर्न कोरियामम रहेका साथिहरुले निम्न कुराहरुमा ध्यान दिनुपर्दछ!
१. सर्वप्रथम कोरिया मेशिनको शहर हो, त्यसैले यहाँ मेशिन अनुसार नै चल्न सिक्नुपर्छ। सबैभन्दा सहज त्यो व्यक्ति लाई हुन्छ जुन व्यक्ति त्यहाँ को समाजमा सजिलै घुलमिल हुनसक्छ। त्यसै सबै नेपाली युवाले यहाँको सिस्टम बुझ्न जरुरी हुन्छ।
२.अनि कोरियामा अाएपछि हामी घडीको समय अनुसार चल्नुपर्ने हुन्छ। यहाँ एकएक मिनेटको महत्त्व हुनेगर्दछ। त्यसैले अाफ्नो काम, अाराम गर्ने समय यकिन गर्न जरुरी छ! नियमित कम्तिमा सात घण्टा सुत्नुपर्ने हुन्छ।
३. अर्को महत्त्वपूर्ण बिषय धेरै साथीहरू लाई कोरियाको खाना रुच्दैन, सुँघ्दै वाक्क लाग्छ। नरुच्नेहरु रुचेन रुच्ने खाना हरु आफ्नो शारीरिक आवश्यकता अनुसार पर्याप्त खानुपर्दछ। र नियमित फलफुल किनेर खाएमा झनै राम्रो हुन्छ ।
४. कतिपय कम्पनी हरुमा सँगै काम गर्नेहरु ले अनावश्यक तनाव दिने,गालि गर्ने,नराम्रा फोहोरी शब्द प्रयोग गर्ने गर्दछन, त्यसलाई हल्का रुपमा लिइ अाफ्नो मन, मस्तिष्कमा पुग्न गएको तनाव लाई छिटो अन्त्य गर्नुपर्दछ। अनावश्यक मनमा धेरै कुरा खेलाउनु हुँदैन।र तनाव व्यवस्थापनको लागि नियमित योग,मेडिटिएसन र व्यायाम गर्ने गर्नुपपर्दछ ।
५. पछिल्लो घटनाहरुमा कम्पनीले छुट्टि नदिएको र घर जान विदा पनि नदिएकोले तनाव भएको र जसले गर्दा डिप्रेशन भएको पाइएको छ। त्यसका लागि मजदुर संगठन र अावश्यक पहलका लागि राजदुतवास लगायत परवासि मजदुरका पक्षमा काम गर्ने सँस्थाहरु र सदैव हामीहरुकै पक्षमा हुनेछन यस्ता साना कुरालाई लिएर अनावश्यक तनावबाट मुक्त हुनुपर्दछ।
५. ड्युटी सक्किएपछि सामाजिक सञ्जालमा धेरै समय बिताउनु पनि अाफैमा राम्रोहैन। सकेसम्म रचनात्मक ,सृजनात्मक क्षेत्रमा आफ्नो समय प्रयोग गरेमा डिप्रेशनबाट सजिलै बच्न सकिन्छ।
६. पछिल्लो समय सामाजिक सञ्जालको प्रेमले गर्दा रातभरि अनलाइन मा कुरा गर्ने अनि भोलिपल्ट काममा जाँदा दुर्घटना हुने घटना हरु पनि देखिएकाछन, र जसले डिप्रेशनमा जोड दिएको पाइन्छ। त्यसैले सामाजिक सञ्जालका अनावश्यक सम्बन्धलाई रातभरि नसुत्ने र त्यस्ता सम्बन्धमा हुने बिछोडलाई लिएर हुने तनाव बाट पनि मुक्त हुन जरुरी छ।

(लेखक स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकताको अभियन्ता हुनुहुन्छ!)

Leave a Reply

Your email address will not be published. Required fields are marked *