राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गितको भिडियो सार्वजनिक

लोकप्रिय गायक राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गितको भिडियो सार्वजनिक: :
बिगत लामो समय देखि नेपाली संगित क्षेत्रमा अब्बल राज गरिरहेका राई इज किङ नामले परिचित लोकप्रिय भर्सटाइल गायक राजेश पायल राइ द्वारा स्वरबद्द “किन गयौ टाढा टाढा” बोलको गित सार्वजनिक भएको छ।
कोरियामा कार्य ब्यस्तताका बाबजुत पनि गित संगीत,मोडलिङ तथा कला क्षेत्रमा रुचि राखी लागि पर्ने युवा युवतिहरुको संख्या दिन प्रती बढिरहेको छ।
रोजगारिको र अन्य शिलशिलामा कोरिया आएर कामको साथ साथै आफू भित्रको कला बिभिन्न माध्यममा प्रदर्शन गर्दै गीति लेखन, रचना,संगीत भर्ने, गायन र स्तरिय म्युजिक भिडियो निर्माण निर्देशन र उत्पादन हुने क्रम बढिरहेको छ।

कला क्षेत्रमा संघर्ष गरिरहेका मोडल तथा यस म्युजिक भिडियाे निर्देशक रोजेन सुन्दास , म्युजिक भिडियोहरुमा हाल जमिरहेकी मोडल रिता क्षेत्री र अम्बिका पार्कको कुशल अभिनय यस भिडियोमा देख्न सकिनेछ। संगीता बयुन राइको उत्कृष्ट शब्द रचना रहेको यस गितमा मनोज सङ्सोन राइको संगीत र सन्दिप बन्तवा द्वारा म्युजिक ऐरेन्ज गरिएको छ।
“संगीतालाप ” एल्बममा समेतिएको यस गितलाइ लाई बिन्दबासिनी म्युजिकले बजार ब्यबस्थापन गर्नेछ भने पोस्ट प्रोडक्सन “The Creatice Entertainment” ले गर्ने भएको छ।
यस भिडियो कोरियामा उदयमान क्यामेरा मेन दिपक पौडेल द्वारा कोरियाको विभिन्न रमनिय स्थलमा छायांकन गरिएको छ।
यस एल्बमको गीत मध्ये ” किन गयौ टाढा टाढा ” बोलको गीत भर्खरै युट्युव तथा राष्ट्रिय टेलिभिजनबाट सर्वजनिक भएको छ।
भिडियो हेेेर्नको लागि यो लिङ्क खोल्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *