स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान द्वारा प्रेस बिज्ञप्ति जारी :

 

प्रेस बिज्ञप्ति:


कोरियामा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुमा न्यानो माया र मिठो सम्झना सहित कोरिया बसाई सुखद र सफल रहोस् भनी कामना गर्दछौ।
गत हप्ता देखि कोरियाको विभिन्न मिडिया र आधिकारिक फेशबुक मार्फत राष्ट्रिय आबिस्कार केन्द्रको तर्फबाट डा. महाबिर पुनले कोरियाबासी नेपालीहरुमा सहयोगको अपिलको निम्ति पठाइएको आधिकारिक पत्र सहित समाचार सम्प्रेषण गरेको सबैमा सर्वबिदितै होला।
हामी कोरियामा रहेका सामजिक कार्यमा जुझारु सामाजिक अभियन्ताहरुकै एकता र पहलमा एउटा राष्ट्रको निम्ति केही योगदान गरौ भन्ने राष्ट्रका सपूत सामाजिक अभियन्ता महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्र निर्माण गर्ने महान कार्यमा सहकार्य र ईट्टा थप्न हातेमालो गर्यौ।
सरकारको मुख टाकेर बाटो हेर्दा हेर्दै ठाकेर जनताको अगाडि हात फैलाएर राष्ट्रलाई आफ्नो अनुभव, ज्ञान, सीप र पूरा जीवन अर्पन गर्छु भन्ने महान सोच बोकेका अशल ब्यक्तिलाई आखिर हामी सबै देश तथा बिदेशमा रहेका मनकारी सहयोगीहरुले खुलेर सहयोग गर्नै पर्छ।हामिले नगरे अब कस्ले गर्छ?
अवश्य पनि यो कामको लागि हातेमालो र सकेको सहयोग गर्नुपर्ने दायित्व हामी सबै नेपालीको पनि हो।
देशमा नयाँ नयाँ प्रबिधिहरुको सृजना गर्न सकेमा मात्र समृद्धि सम्भब छ ।आज बिश्वमा प्रबिधिले धेरै ठुलो फड्को मारेको छ त्यहि तुलनामा बिकास र सम्पन्नता पनि भएको छ।
अहिलेको युगलाइ टेक्नोलोजी प्रबिधिको युग भन्दा अतियुक्त नहोला।

दक्षिण कोरियामा हाल प्रयोग हुदै आएको KEB HANA (Lal) बैंक को खाता प्रयोग गर्दै आइरहेकोमा परिवर्तन भइ आज देखि स्वतन्त्र राष्ट्रप्रेमि सचेत नेपालि एकता अभियानको संयोजनमा सँचालित महाबिर पुन संस्थापक अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्र सहयोग सँकलन अभियानले
सपोर्ट नेपाल फाउन्डेसन(कोरियाको आधिकारिक सरकारि निकायमा वैधानिक रुपले दर्ता सँस्थाको ) खाता Woori Bank को A/C No: 1006901459156 스포트네팔 नामक रहेको प्रयोग गरिएको सबै कोरिया वाशि आदरणिय राष्ट्रप्रेमि नेपालि मनहरुमा सहर्ष अवगत गरॉउदछौँ !!
साथै यस राष्ट्रियता र राष्ट्र अनि भावि पुस्ताको भविष्य उज्वल पार्ने महान अभियानमा सहभागिता जनाएर सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौँ !!
केही दिन पहिले केही असामाजिक ब्यक्तिले यस सामाजिक कार्यमा अवरोध सृजना गर्ने उद्धेश्य लिएर राष्ट्रप्रेमी स्वभिमानी नेपालीलाई चोट पुर्याउने र हतोत्साहित पार्ने निच सोचले सिबिआइ पुलिसमा रिपोर्ट गरिएको थियो।
यस अभियान आफैमा महान र सम्पुर्ण स- प्रमाण कागजातहरु रहेको हुँदा प्रशासनले सहि समाजिक काम गर्न कुनै रोकावट नभएको राम्रो काम भएकोले पुन संकलन गर्न अनुमती समेत दिइएको थियो।
जस्ले यस्तो किसिमको सँकुचित मानसिकता लिएर जुझारु युवाहरुको पहल र महा वीर पुनको महान अभियान र सकारात्मक सामाजिक काम बिथोल्न खोज्यो त्यस कार्य प्रति घोर भत्सर्ना गर्दछौं ।
यस सामजिक अपराधीको पहिचान गर्न कुनै कसर बाँकी नराखी निरन्तर लागिरहनेछौ।
यस अभियानमा सकारात्मक राम्रो सहि काम गर्ने राष्ट्रिय अभियानहरुमा सदैब साथ र सहयोग गर्दै खराब नकारात्मक असमाजिक तत्वहरुलाइ निरुत्साहित र खबरदारी गर्दै, जनहितको कार्यमा सकारात्मक संदेश प्रवाह गर्दै अघि बढिरहनेछ।
समाजमा आपसी सुमधुर सम्बन्ध, भाइचारा, सहकार्य, आत्मियता, एकता र सद्भाव सदैब कायम रहोस् भन्ने यस अभियानको मुल आशय हो।
कोरियामा नेपाली समुदाय संघ संस्थाको धेरै उदाहरनिय, रचनात्मक सामाजिक कामहरु र पहलहरु धेरै नै कदर योग्य छ।
जो जसले निस्वार्थ रुपमा आफ्नो बचेको समय सामाजिक हितको लागि र नेपाल र नेपालीको सेवामा लागिरहनु भएको छ उहाँहरु प्रती सदैब आभारी छौ।नतमस्तक छौ।
तर पछिल्लो समय केही सामाजिक कार्य अव्यवस्थित र बिकृतिको रुपमा पनि फैलिदै रहेको जनचासो र गुनासो बढीरहेको हुँदा यस अभियानले आधारिक संस्था संग समन्वयन गरेर नीति नियम र अनुशाशीत भएर सामाजिक हितका गतिविधि संचालन गर्ने र रचनात्मक कार्य गरेर नेपालीहरुलाइ भावनात्मक रुपमा एकीकृत बनाउने अठोट गरेका छौ।
यस अभियानले धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माण गरिएको मुसहर नमुना एकता बस्तिको निम्ति पनि करिब १२ लाख रुपैयाँ कोरियाबासि मनकारि नेपालीहरु संग संकलन गरि पठाएको पुनः स्मरण गराउन चाहन्छौ ।
यस अभियानलाई प्रत्यक्ष /अप्रत्यक्ष सहयोग र साथ दिनु हुने सबै प्रती आभारी छौ।
जय देश!जय स्वाभिमान!
जय जय नेपालि! जय जय नेपाल!
#स्वतन्त्र_राष्ट्रप्रेमि_सचेत_नेपालि_एकता_अभियान:
दक्षिण, कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *