फेन्तेक शहरमा एसियन फेस्टिबल भब्य रुपमा सम्पन्न

विश्व नागरिक दिवस (World People’s Day)को अवसरमा दक्षिण कोरियाको फ्यङ्थेक शहरमा फ्यङ्थेक माइग्रेन्ट वेलफेयर सेन्टरद्वारा एसियन सास्कृतिक कार्यक्रम साथै एसियन फूड फेस्टिभल भब्यताका साथ सम्पन्न:
�� विश्व नागरिक दिवसको अवसरमा दक्षिण कोरियाको फ्यङ्थेक सहरमा एशियाका विभिन्न राष्ट्रका सहभागीले आ-आफ्नो राष्ट्रको मौलिक कला सस्कृति झल्काउने भेषभुसा सहित राष्ट्रिय झण्डा फर्फराइ तिनै राष्ट्रका खानाका परिकारहरुको मिठास लिदै एसियन सास्कृतीक तथा फूड फेस्टिवल कर्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

� विश्व शान्तिको कामना गर्दै अगाडि बढाइएको कार्यक्रममा बोल्दै कोरियन संग बिवाह गर्नुभएकी अम्बिका डि.सि पार्कले “कोरियनहरुले विदेशीहरुलाइ यातायातका साधनहरुमा चड्दा खाली सिट हुँदा पनि नबसी हेलाको दृष्टिले हेर्ने गरेको र बिहा गरेर कोरियामा आएकाहरुको परिवार धनी भएमा मात्र उनिहरुको छोराछोरीलाई समान रुपमा हेरिने नत्र हेलाँ गरेको घटनाको जानकारी दिदै मानवता लाई बिदेशी र पैसा संग तुलना नगरी हामी सबै मानिस हौं भन्ने भावनाको कोरियनहरुमा बिकास हुनुपर्नेमा जोड दिनुभयो । नेपाली भेषभुसा सहित शान्ति र्याली, सस्कृति झल्किने खालको लोक नृत्य ,गायन ,हिन्दु धर्मको परिचय साथै नेपाली परिकारका खान हरु स्टलमा राखिएको थियो।

नेपाली भेषभुसा सहित शान्ति र्याली मा सहभागी हुनुभएका राम दत्त जोशी (नेपाल को राम ) र यम श्रेष्ठले परदेश आइसकेपछि पनि आफ्नो राष्ट्रिय पोशाक लगाएर विश्व शान्तिको कामना गर्दै कार्यक्रममा सहभागिता हुन पाउदा खुसि ब्यक्त गर्नु भएको छ साथै कार्यक्रममा नेपाली लोक नृत्य विज्ञान अर्याल र गंगा भट्टले प्रस्तुत गर्नुभयो। गौरव न्यौपाने र यदु कुमार गिरीले कोरियन गीत गाउदै दर्शकहरुलाइ नचाउनु भएको थियो। �� कार्यक्रममा नेपालको तर्फबाट संयोजक रहनुभएका फ्यङ्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाका संयोजक लेखनाथ पराजुलीले यो कार्यक्रममा नेपालले सहभागिता जनाउनु उपलब्धीमुलक रहेको र बिदेशी भुमिमा हाम्रो कला सस्कृति र आफ्नो पहिचान देखाउन पाउदा छाती फुलाएर गर्व महशुस गरेको जानकारी गराउनु भयो ।

परदेशमा पनि हामी नेपालीहरु एक हुन जरुरी रहेको र नेपाली हुनुमा गौरव महशुस गर्ने कुराको जानकारी दिदै उपस्थित सम्पूर्ण नेपाली दाजु भाइ दिदीबहिनी हरुको साथै विभिन्न नेपाली परिकार उपलब्घ गराई सहयोग गर्नु हुने आरति रेस्टुरेन्ट र कान्तिपुर रेस्टुरेन्ट लाई विशेष धन्यवाद दिनु का साथै कार्यक्रम भब्य र शभ्य रुपमा सम्पन्न भएको जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *