कुलमानलाई काेरियाबाट पत्र

कुलमानलाई काेरियाबाट पत्र

अादेश देउ कुलमान
कपुतहरुकाे शिर छेदन गर्न तयार छाै।

नेपाल अामाकाे सच्चा छाेरा,
कुलमान सर नमस्कार छ।

तपाईकाे अाँशुले हामिलाई पिराेलेकाे छ। तपाईकाे अाँखामा अाशु हैन सर सिङ्गाे देशकाे उज्यालाे सुहाँउछ। तपाईं जस्ताे सपुतले राेएर कमजाेर हुने बेला हैन सर, मनमा देश बाेकेर दृढताका साथ अघि बढिरहनुस् ,हामी सारा नेपाली तपाईकाे साथमा छाै।

मैले धेरै बेलिबिस्तार गर्नु नपर्ला हजुरलाई। राम्राे गर्नेकाे भलाे नचाहने देश हाे, हाम्राे।
भिमसेन थापालाई देशद्राेहिकाे अाराेप लगाउने देश हाे,हाम्राे।
राजा महेन्द्रलाई अात्माहत्या गर्न बाध्या तुल्याउने देश हाे,हाम्राे।
मदन भण्डारिलाई भिरबाट फाल्ने देश हाे, हाम्राे।
महाविर पुन, डा. गाेविन्द केसि हरुलाई अपहेलना गरेकाे देशमा अाज कुलमानलाई रुअायाे।
याे देशका चण्डि भिरङ्गि रुपि शासक र तिनका हनुमानहरुकाे धर्म नै यहि हाे।
नअातिनुस् सर तपाईकाे अघिपछि हामी साढे ३ कराेड जनता छाै।
सत्य लुक्दैन, झुट टिक्ने छैन।

हिजाे २० वर्षअघि हाति छाप चप्पल पड्काएर राजधानि छिरेका दर्जनाै नेताहरु गगनचुम्वि भवन ठडाएर, चिल्लाे गाडिमा हुईकिन्छन्।
तर राजधानिकाे भित्ताहरुमा २० वर्ष अगाडि लेखेकाे “यहाँ पिसाव फेर्न मनाहि छ।” भनेर लेखेकाे जस्ताकाे तेस्तै छ।
दिन दुईगुणा,रात चारगुणा राजधानि अस्तव्यस्त भईरहेकाे छ।
सडककाे अवस्था १० वर्ष अगाडिकाे भन्दा नाजुक भएकाे छ। खानेपानिकाे समस्या दिनप्रतिदिन बढ्दाे छ।
धुलाेधुवाले मर्निङ वाक गर्न समेत हानिकारक ठहरिएकाे छ।
मठमन्दिरहरु, एेतिहासिक दरवारहरु,गुम्बा,पाटिपाैवा सबै कुराहरु जिर्ण छन्।

बिजुलि बेचेर १८ घण्टासम्म जनतालाई अध्याँराेमा राख्न पल्केका नमक हरामहरु पनि थिए।

हिजाेकाे दिनमा चैत वैशाषमा लाेडसेडिङ मुक्त भयाे भने जागिर छाेड्छु भन्ने कपुतहरु पनि थिए।

अाजकाे दिनमा देशकै नम्बर एक व्यवस्थापकले सार्वजनिक रुपमा “यदि मैले १ रुपैया भ्रष्टचार हिनामिना गर्न खाेजेकाे रहेछ र गरेछ भन्ने मलाई फाँसी चढाउ!” भनिरहदाँ याे अाराेप पुष्टि नभएकाे खण्डमा अाराेप लगाउनेहरु झुण्डिन तयार हुनुपर्छ।
हैन भने यिनिहरुलाई झुण्डाईनु पर्छ। अनि मात्र देशले शान्तिकाे सास फेर्न सक्छ।

भलै मान्छे मान्छे बिचका धारणाहरु फरक फरक हाेलान्। झनै विराेधिहरुले त पेण्डुलिपि धारणाहरु समेत धेरै बनाएका हाेलान्।
कारण जे सुकै हाेस्, अाधार र धारणाहरु जे सुकै रहुन्। देशकाे राजधानि जस्ताे महत्वकाँक्षि ठाँउलाई जुन हिसावले अँध्याराे मुक्त गराउनु भएकाे छ।याे कर्म तपाईकाे निकै सराहनिय छ।
तपाईकाे वाहवाहि याे मुक्त कण्ठले गरेर सायद पुगिदैन हाेला।

मलाई त जहाँ सम्म लाग्छ,राजधानिवासिले घरकाे भित्ता भित्तामा कुलमान घिसिङकाे फाेटाे झुण्डाउनु पर्छ।
“light of kathmandu” भन्दा फरक पर्दैन।

याे देश सत्तिले सरापेर गरिव भएकाे हैन।असत्तिहरुले लुटेर गरिव भएकाे हाे,कुलमान सर।।
यी असत्तिहरुले देशकाे भलाे गर्नेहरुलाई कहिले देखिई सहेन। त्यसैले म त भन्छु सर, देश बन्नलाई तपाईं जस्ताे १/२ जना सपूत मात्र जन्मेर नहुने भयाे। २/४ जना कपुत हरु सिद्धाउनै पर्ने भाे।

काेरियाबाट सबैभन्दा पहिला झाेला बाेकेर म हिड्छु।
लाखाै राष्ट्रप्रेमि देशभक्ति युवाहरु हिड्नेछन्।।
अादेश देउ कुलमान सर एक-एक कपुतहरुकाे शिर छेदन गर्न तयार छाै।

सिन्धुपाल्चाेककाे दुर्गम गाँउमा ५० कटेका बुवाअामालाई त्रिपाल अाेढाएर परदेशिएका एक विवश परदेशि
एल.वि श्रेष्ठ
दक्षिण काेरिया।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *