अप्रील २३ मा सोलुखुम्बु सेवा समाजद्वारा चलचित्र घामपानी प्रदर्शन गरिने

 

कोरियामा बसाेवास गर्ने सम्पूर्ण सोलुखुम्बुवासीहरूकाे साझा संस्था साेलुखुम्बु सेवा समाजद्वारा अाउंदाे अप्रील 23 तारिक आइतवारका दिन सउलको जोग्यसा हलमा नेपाली कथानक चलचित्र घामपानी प्रदर्शन गर्ने भएकाे छ । एउटै परिवेशमा रहेका अन्तर जातीय युवायुवतीको प्रेम प्रसंगमा आधारित कथामा प्रशिद्ध नायक दयाहाङ राई र नायिका केकी अधिकारीको उत्कृष्ट अभिनय रहेको उक्त चलचित्र नेपालमा सफलता पूर्वक चलिरहेको  छ ।

सामाजिक कार्यमा अग्रसर रहेकाे सोलुखुम्बु सेवा समाजद्वारा सञ्चालित सुवन स्थित हिमालय सोलु सेल्टर” विपत पर्दा प्रवासमा हाम्रो घर, दीर्घकालीन र व्यबस्थित हिमालय सोलु सेल्टर” व्यबस्थापनको लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ कोरियामा नेपाली कथानक चलचित्र घामपानी प्रदर्शन तयारी रहेकोले नेपाली संघसंस्था र सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुकाे बृहत उपस्थितीका लागि अनुराेध गरिएकाे छ ।
मिती समय र स्थान बारे जानकारीः
मिती :- अप्रिल 23 तारिक आइतवार 23/3/2017
समय:- दिउसो ठीक 12:00pm
स्थान:- जोग्यसा बौद्ध गोम्बा जोंगाक् (चलचित्र छक्का पञ्जा प्रदर्शन गरिएकाे हल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *