दाेङदेमुन ब्यवसायी संघकाे प्रथम अधिवेशन सम्पन्न

भीम गुरूङकाे अध्यक्षतामा पहिलाे कार्यसमिति निर्माण

2017-03-12


दाेङदेमुन ब्यवसायी संघ, दक्षिण काेरियाकाे अाज मार्च १२ का दिन प्रथम अधिवेशन भब्य रूपमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनले माया मार्टका सञ्चालक श्री भीम बहादुर गुरूङकाे अध्यक्षतामा पहिलाे कार्यसमिति निर्माण  गरेकाे छ ।

दाेङदेमुनमा ब्यापार ब्यवसाय गरिरहेकाे सबै ब्यापारीहरू सदस्य हुने गरी निर्माण  गरिएकाे उक्त कमिटीका पदाधिकारीहरू निम्नानुसार रहेकाे छ।

अध्यक्षः भीम बहादुर गुरूङ (माया मार्ट)
उपाध्यक्षः रिशमान गुरूङ (सुभेच्छा रेष्टुरेन्ट)
सचिवः पुरू जाेशी (कुमारी भान्छा घर)
सह सचिवः अानन्द अधिकारी (नमस्ते माेबाइल)
काेषाध्यक्षः रबिन तामाङ (लक्ष्मी रेष्टुरेन्ट)
सह काेषाध्यक्षः निला राइ (नेपाली थाइ रेष्टुरेन्ट) रहेकाे छ ।

नेपाल टाउन भनेर चिनिने दाेङदेमुनमा दक्षिण काेरियामा नेपालीहरूकाे राेजगारीकाे गन्तब्य बनेदेखि यहाँ बसाेवास गर्ने नेपालीहरूले ब्यापार ब्यवसाय शुरू गरेका थिए भने याे ठाउँ नेपाली टाउन भनेर काेरियन जनमानसमा परिचित रहेकाे छ । यसै कुरालाइ अात्मसात गर्दै नेपाली तथा काेरियन समाजमा दाेङदेमुनकाे नेपाली इमेजलाइ अझ बढाउने जनाइएकाे छ । 

प्रथम अधिवेशन संगै दाेङदेमुन ब्यवसायी संघद्वारा निर्माण गरिएकाे नेपाली अावास गृहलाइ तदर्थ कमिटीका सभापति भीम ब. गुरूङ, प्रमुख अतिथि उरी बैंक छाङसिन्दाेङका प्रमुख लि जङ उ, बिशेष अतिथि केपी सिटाैला, नेपाली जनसम्पर्क समितिका सभापति गिरीराज कुंवर, अाे एन् एफ् का कावा अध्यक्ष मीना थापा, नयाँ शक्ति पार्टी प्रवाश भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष रमेश उप्रेती, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ, स्याङ्जा परिवारका अध्यक्ष राजु भण्डारी, एन अार एन काेरियाका उपाध्यक्ष बिपिन गुरूङ लगायतले कार्यक्रममा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । 

उक्त नेपाली अावास गृह निर्माणका लागि निम्न अनुसारका महानुभावहरूले सहयाेग गरेका थिए ।
1/ भीम ब. गुरूङ– माया मार्ट ५ लाख वन्
2/ पुरू जाेशी– कुमारी भान्छा घर ५ लाख वन्
3/ रबिन तामाङ– लक्ष्मी रेष्टुरेन्ट ५ लाख वन्
4/ बिपिन गुरूङ– दर्शन नमस्ते ५ लाख वन्
5/ माया गुरूङ– देउराली रेष्टुरेन्ट ५ लाख वन्
6/ Rishman गुरूङ– सुभेच्क्षा रेष्टुरेन्ट ५ लाख वन्
7/ लक्ष्मी लामा गुरूङ– पूजा १ रेष्टुरेन्ट
8/ निला राई – नेपाली थाई रेष्टुरेन्ट ५ लाख वन्
9/ दिपक पुन- नांग्लो रेष्टुरेन्ट ५ लाख वन्
10/ आनन्द अधिकारी- नमस्ते मोबाईल ५ लाख वन् ।
11/ गिरीराज कुँवर-एभरेष्ट करीवर्ल्ड रेष्टुरेन्ट ५ लाख वन्
12/ बुद्धि गुरूङ- पशुपति मार्ट ५ लाख वन् ।
13/ शक्ति गुरूङ- हिमालयन रेष्टुरेन्ट ५ लाख वन् ।
14/ टीका राम माेक्तान         ५ लाख वन् ।
15/ एभरेष्ट ग्रुप                     ५ लाख वन् ।

अापसी मेलमिलाप, सदभाव र एकता नै अाजकाे अावश्यकता भन्ने मुल नारा लिइ अायाेजित उक्त प्रथम अधिवेशनमा उपस्थित सम्पूर्ण महानुभावहरूलाइ दाेङदेमुन ब्यवसायी संघकाे तर्फबाट रिशमान गुरूङले अाफ्नाे स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए भने एन सी सी उपाध्यक्ष जित गुरूङ, तमुधींका अध्यक्ष प्रदीप गुरूङ, सुदूरपश्चिम समाजका अध्यक्ष नविन कार्की, जन प्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष जगदीश महरा, नेपाली जनसम्पर्क समितिका पूर्व सभापति गंगा थापा श्रेष्ठ, एन अार एन काेरियाका वरिष्ठ उपाध्यक्ष अाेम् जुग्जाली, राप्ती समाजका अध्यक्ष बिर कुमार वली लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *