काेरियामा बहुप्रतिक्षित चलचित्र लुट २ प्रदर्शनकाे तयारीमा । सउलमा ग्रान्ड शाे मार्च ५ मा

यस बर्ष कै बहु प्रतिक्षित नेपाली चलचित्र लुट २ दक्षिण काेरियामा अाउंदाे फेब्रुअरी २६ तारिख देखि जिन्जु ,जिन्छन् र छन्जुमा एकसाथ प्रदर्शन हुंदै काेरियाकाे बिभिन्न १० सिटीहरूमा प्रदर्शन हुने भएकाे छ र अन्य सहरहरुको मिति चाडै नै तय हुने भएको छ । प्रशिद्ध युवा निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेकाे छ । निर्देशक बस्नेतका अनुसार चलचित्रको कथावस्तु पहिलोको भन्दा फरक हुनेछ । बस्नेतका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइनेछ ।
दक्षिण काेरियाका लागि अाधिकारिक संस्था दि राइजिङ स्टार ग्रुपकाे अायाेजना गर्न लागेकाे छ । उक्त ग्रुपका अध्यक्ष सन्ताेष कुमार राइका अनुसार राइजिङ स्टार ग्रुपले बिगतमा पशुपति प्रसाद, बिर बिक्रम र छक्का पञ्जा जस्ताे सुपर हिट चलचित्रहरू प्रदर्शन गरिसकेकाे छ भने यस पटककाे लुट २ लाइ हेर्नका लागि काेरियाका नेपाली दर्शकहरूले उक्त चलचित्र हेर्न अातुर रहेकाे जानकारी गराउनु भयाे ।
उनका अनुसार दक्षिण काेरियाकाे राजधानी सउल तोङ्देमुनमा मार्च ५ मा ग्रान्ड शाे अायाेजना हुने भएकाे छ भने उक्त दिन प्रदर्शनबाट अाएकाे मुनाफा रकम धुर्मुस सुन्तली फाउन्डेशनले बनाउंदै गरेकाे मुसहर बस्ती निर्माणका लागि सहयाेग गर्ने लक्ष्य रहेकाे बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *