कान्छु !

कान्छु !
म,
हिमालको बाटो हुदै
बादलको धरातलमा टेक्दै,
निलो गगनमा छिरेर
पुर्णिमाको रातमा
टहटह उदाउने चन्द्रमाको मुस्कान चोरेर,
तिम्रो ओठमा छर्न चाहन्छु ।

प्रिय कान्छु !!
म,
अजंगको पहाड उक्लदै अकबरे भिरमा झुण्डिएर,
भिमकाय रुखमा फूल्ने रक्ताम्मे ति गुरासका रंगहरु खोसेर,
तिम्रो सिउदो भर्न चाहन्छु ।

साच्चि कान्छु !!!
म,
सागरको बाफ जस्तै बादल बनि पहाडमा ठोक्किएर,
सुनौलो घामको किरणमाथि पानी बनि बर्षिएर,
बनेको ईन्द्रेणीको सप्तरंगी टिपेर,
तिम्रो जीवन रंगाउन चाहन्छु ।

हो कान्छु !
म,
तिम्रो सबै जीवनको आशु सागरमा बगाएर,
संसारको सबै सुख खुशीहरु बटुलेर,
तिमीलाई मेरो अंगालोमा जिन्दगी भर बाधेर,
सधै भरी हसाउन चाहन्छु ।

कान्छु, !!

तिमीलाई साच्चि यति माया गर्छु की !
यति मन पराउछु की !!
यति चाहन्छु की !!!
मेरो मन,
मेरो तन,
मेरो धड्कन,
सबै तिम्रो नामको पर्याय बनेको छ ।

नगेन्द्र थापा मगर
राङ्खानी-५,
बाग्लुङ्ग
हाल, दक्षिण कोरिया

15910281_1221085207972714_1101069823_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *