साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने

महिला घरेलु कामदारलाई न्युनतम तलव र साताको एक दिन घुमफिर गर्नुपर्ने नेपाली प्रस्ताव अस्वीकार गरेपछि साउदी अरवसँथ तत्काल श्रम सम्झौता नहुने भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, श्रम तथा रोजगार मन्त्तालयले न्युनतम तलव र साताको एक दिन घुमफिर गर्न दिनुपर्ने प्रस्ताव गरेको थियो ।

तर साउदी अरबले अस्वीकार गरेपछि तत्काल श्रम संझौता टरेको हो । हामीले घरेलु महिला कामदारलाई न्युनतम ३ सय अमेरिकी डलर मासिक तलव र साताको एक दिन घुमफिर गर्न दिनुपर्छ भन्ने प्रस्ताव राखेका थियौं, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भने, साउदीले स्वकार गर्न नसक्ने बताएपछि श्रम संझौता रोकिएको हो।

Setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *