नेपाली समय
 
नेपाल दक्षिण कोरियामा फ्रेण्डशीप सोसाइटीको 'नेप्‍लीज कल्‍चरल शो २००८' सम्पन्न | युरोपका विभिन्न प्रगतिशील संगठनहरुको नेकपा माओवादीका अध्यक्ष क प्रचण्डलाई वधाई सन्देश | नेपाल आदिवासी जनजाति महासंघको अन्तरकृया सम्पन्न | नेपाली चलचित्र मातृभूमीको युएईमा प्रिमियर शो | खोटाङ्ग युवा जागृतिको पााचौ साधारण सभा सम्पन्न |
 
उपयोगी जानकारीहरू
१००० वनमा आईस स्‍केटिङ खेल्‍न जाने होइन त ?

हामी सबैलाई थाहा भएकै कुरा हो कि, यो संसारको मौसम परिवर्तन भैरहेको छ । यही समस्‍यालाई प्रमुख विषय
बनाई संसारका विभिन्‍न शहरहरूमा विश्‍व सम्‍मेलन, विश्‍व गोष्‍ठी, विश्‍वब्‍यापी अभियान आदि भैरहेका छन् ।
के तपाईंलाई यसपाली क्रिसमसको दिन कोरियाको राजधानीमा हिउं नझर्दा सांच्‍चै नै विश्‍वको मौसम परिवर्तन 
भैरहेको रहेछ जस्‍तो लागेन? 

यो कुरालाई यहीं छोडौं र आउनुस् म तपाईलाई एउटा जानकारी दिन चाहन्‍छु । यसपाली कोरियाको राजधानी 
सउलमा चाहे हिउं परोस् या नपरोस् राजधानीको केन्‍द्रमा रहेको सिटीहल अगाडी रहेको खुल्‍ला चौरमा तपाई 
केवल एक हजार कोरियन वन तिरी १ घण्‍टा आईस स्‍केटिङ खेली मज्‍जा लिन सक्‍नु हुनेछ । खेल्‍न आउंदैन भनी
लजाउनु पर्दैन किनकि त्‍यहां हामी जस्‍तै भर्खर सिक्‍दै गरेका मान्‍छेहरू पनि धेरै हुन्‍छन् ।

त्‍यसैले जाने होइन त ?
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।